काठमाडौं । आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आइतबार स्थिर रहेको छ । यस दिन सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा मा नै कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको तोलाको ९७ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा पनि कुनै परिवर्तन भएको छैन्। चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, ११ : २७
लेखकबाट थप