मातृका यादवलाई पराजित गर्दै धनुषा १ मा दीपक कार्की निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ११ मंसिर २०७९, ०८ : ५४
मातृका यादवलाई पराजित गर्दै  धनुषा १ मा दीपक कार्की निर्वाचित

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका मातृका यादवलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

कार्कीले २७ हजार ४३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मातृका यादवले २१ हजार ४८३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस