गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १९ : २८
गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् । 

उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।€

प्रतिक्रिया दिनुहोस