काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । सुरुवातदेखि चौथो स्थानमा रहेको माओवादी आठ लाख १४ हजार ७७८ मतसहित तेस्रो स्थानमा उक्लिएको हो ।
एमाले पहिलो स्थानमा कायमै छ । एमालेले १९ लाख १५ हजार ११० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ४४ हजार ९११ मत पाएको छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९४ हजार ८७० मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन