काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारीलगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ ।
इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झण्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झण्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् ।
यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरुको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल