मनकामना केबुलकार पर्यटन ब्यवसायतर्फ बढी कर तिर्नेमा सम्मानित

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १२ : ३४
मनकामना केबुलकार पर्यटन ब्यवसायतर्फ बढी कर तिर्नेमा सम्मानित

काठमाडौँ । राष्ट्रिय कर दिवसका अवसरमा  मनकामना केबुलकारले पर्यटन ब्यवसायतर्फ सबै भन्दा बढि आयकर तिरेर आन्तरिक राजश्व विभागबाट सम्मान पाएको छ । समग्र पर्यटन व्यवसाय मध्ये आर्थिक वर्ष २०७७/७९ मा  सवैभन्दा बढी आयकर तिर्ने व्यवसायको रूपमा सम्मानित भएको हो । 

आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच मनकामना केबुलकारका अध्यक्ष राजेशवावु श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन ।

मंसिर ८, २०५५ सालबाट नियमित सञ्चालनमा आएको केबलकारले हालसम्म करीव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ। सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ।

प्रतिक्रिया दिनुहोस