नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।
नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् ।
गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँके-१ मा रास्वपाका चौधरी २६५७ मतले अगाडि