एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १६ : ३४
एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने

चितवन l नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् । 

पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् ।  लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् । 

अहिले इच्छाकामना १ को गणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस