ललितपुर-१ को प्रदेशतर्फ कसको कति मत ?

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, ११ : २९
ललितपुर-१ को प्रदेशतर्फ कसको कति मत ?

काठमाडौं । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (१) र (२) को मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रदेशसभा १ मा एमाले र २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा २६५२ मत गन्दा एमालेका उम्मेदवारले १२८२ र माओवादी केन्द्रका उम्मेदवारले  ८६३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३०५ मत पाएका छन् । 
यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारले ३५९ मत र कांग्रेसका उम्मेदवारले ४०८ मत पाएका छन् । प्रतिनिधिसभातर्फ भने एमालेका नवराज सिलवालले अग्रता कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस