विश्व फुटबलको कुम्भमेला आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ०९ : २९
विश्व फुटबलको कुम्भमेला आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

काठमाडौं ।  फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुँदै छ ।

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । अल बायत स्टेडियममा हुने उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन् ।

खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस