काठमाडौं । बागमती प्रदेशको काठमाडौं उपत्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।
तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ ।
काठमाडौं उपत्यकालगायत १३ वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा