आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ०८ : ०१
आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । आइतबार हुने आम निर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, तीनका उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराए ।

मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रुपमा निषेध गरिएको उनले बताए । 

उनले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिए । निर्वाचन आयुक्त भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस