कोरोना अपडेट : थप ९ जनामा संक्रमण पुष्टि,२४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १७ : ०७
कोरोना अपडेट : थप ९ जनामा संक्रमण पुष्टि,२४ जना संक्रमणमुक्त

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार २४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।