मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १५ : ०२
मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो आह्वान गरेका हुन् ।

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।

उनले भने, ‘म आदरणीय मतदाताहरुमा विशेष अनुरोध गर्न चाहन्छु–निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरुले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनैपनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरुको अधिकार हो । मतदान गर्न पाउनु अधिकार मात्रै होइन । आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो ।’

उनले फेरि भने, ‘मतदाताहरुलाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्नका निम्ति हामीले संविधान बमोजिम विभिन्न कानून तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेको छ । यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा नपरी आफ्नो मतदान प्रयोग गर्नसक्ने, यदी कसैले त्यस्तो अवस्था सृजना गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवस्थासमेत गरिएको छ । निर्वाचन कुसर तथा सजाय ऐनले कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मत पत्र कसैलाई देखाउन, अरुले देख्नेगरी प्रदर्शन गर्न, गोप्य मत संकेत गर्ने ठाउँमा मत संकेत नगरेर अन्यत्रै गएर मतदान गर्न, बाहिर गएर मतदान गर्न र मत संकेत गरेको व्यहोरा कुनैपनि तरिकाले कसैलाई पनि भन्न र छाप लगाएको मतपत्र छ, त्यो आफैंसँग लिएर जान हुँदैन ।’

उनले थपे, ‘तपाई कसलाई मतदान गर्नुहुन्छ ? तपाई कुन चिन्हमा मतदान गर्नुहुन्छ ? भन्ने जस्तो प्रश्न सोधि निजको गोपनियताको हकलाई जबरजस्ती वञ्चित गर्नेगरी कुनैपनि गतिविधि गर्नु हुँदैन । मतदान प्रक्रियाको गोप्यता भंग भयो भने त्यो मतपत्र मतमेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो भने त्यो मत्र पत्रलाई मतपेटिकामा खसालीसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ । र, त्यस्तो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था छ ।’

यसका अतिरिक्त आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न जाली मतपत्रहरु ल्याएर मतपेटिकामा हाल्न र कुनैपनि मतपत्रलाई बिगार्ने किसिमको कुनैपनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न नहुने बताए । त्यस्तै मत पत्रको साथमा आफूले संकेत गरेको मतपत्रको साथमा अरु कुनै किसिमको वस्तु राखेर मतपेटिकामा खसाल्नसमेत नमिल्ले उनले बताए ।

उनले भने, ‘यी सम्पूर्ण कुराहरु कानुनद्वारा वर्जित छन् । त्यसैले मतपत्रको गोपनियता भंग भयो भने त्यसैले मतपत्रको गोपनियता भंग भयो, मतदान कार्यमा गर्न नहुने कार्यहरु गरियो अथवा मतपेटिकामा खसाल्न नहुने चिज वस्तु खसालियो भने त्यस्तो अवस्थामा सम्बन्धित मतदान अधिकृतले कानून बमोजिम त्यही केन्द्रमै निज व्यक्तिलाई दण्ड सजाय गर्नसक्ने व्यवस्था छ । त्यसको अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा त्यस्ता व्यक्तिको सामाजिक जीवनसमेत अपm्ठ्यारोमा पर्नसक्ने खतरा हुन्छ । त्यसकारण आउँदो ४ गते जुन निर्वाचन हुन गइरहेको छ ।’

उनले थपे, ‘त्यो निर्वाचनमा यी न्युनतम कुराहरुसमेत मध्यनजर राखेर निर्वाचन आयोगद्वारा अन्मित मतदाता नामावलीमा रहेका बालिग मतदाताहरुले बसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनैपनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अपm्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस