एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे नकरात्मक टिप्पणी गरेका छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको आलोचना गरेका हुन् ।
पदमा रहँदा ट्रम्पले देशलाई असफल बनाएको राष्ट्रपति बाइडेनले आरोप लगाए । ‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने । जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन हाल इन्डोनेसियाको बालीमा छन् ।
पूर्वराष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने घोषणा गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० कार्तिक २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
बाइडेनले भने - इजरायलले अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदैछ
बाइडेनले फेरि भने– 'सी जिनपिङ तानाशाह हुन्'
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै
सी र बाइडेनबीच शिखर सम्मेलन, ‘वैश्विक शान्ति र विकास’माथि छलफल हुने
प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : बाइडेन