कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, २० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १६ : १४
कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, २० जना संक्रमणमुक्त

काठमाडौं । थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार २० जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ ।