काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावका लागि अब आफूलाई आर्थिक सहयोग नगर्न आग्रह गरेका छन् ।
उनले शुभेच्छुक तथा समर्थकबाट हालसम्म चुनावका लागि लभगग २५ लाख रुपैयाँ संकलन भएको र त्यतिले चुनाव प्रचारप्रसार राम्ररी गर्न सकिने बताए । एक भिडियो सन्देशमार्फत उनले आफू निर्वाचन आयोगले तोकेको २५ लाखको सीमाभित्र रहन प्रतिबद्ध रहेको पनि बताए ।
‘निर्वाचन आयोगले तोकेको सीमा २५ लाख भन्दा म एक पैसा खर्च गर्न चाहान्नँ’, उनले भने, ‘लगभग लाख संकलन भएको छ । अब मैले दिएको खातामा सहयोग नगरिदिन आग्रह गर्दछु ।’
उनले निर्वाचन आयोगले तोकेको २५ लाख खर्चको सीमा सबै उम्मेदवारले कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी
रवीन्द्र मिश्र र धवलसहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति