कोरोना अपडेट : थप ९ जनामा संक्रमण, २३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, १५ : ३२
कोरोना अपडेट : थप ९ जनामा संक्रमण, २३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।