एजेन्सी । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो ।
‘कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् ।
गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ कार्तिक २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु