काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ सय ३१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ६ सय ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९७७ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ४६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार २१९ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै