कोरोना अपडेट : थप १६ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १६ : ४०
कोरोना अपडेट : थप १६ जनामा संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो ।

६ सय १४ जनाको पीसीआर र १ हजार २ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।