टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज  दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड भिड्दै

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, ०७ : ३९
टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज  दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ।

दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस