५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १३ : २०
५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।

यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेस गर्नुपर्नेछ । 

सेयर खरिद गर्न इन्छुक संस्थापकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस