स्पेनिस ला लिगा फुटबल : रियल म्याड्रिडको पहिलो हार

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, ०८ : ४८
स्पेनिस ला लिगा फुटबल : रियल म्याड्रिडको पहिलो हार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जारी सिजनमा पहिलो हार भोगेको छ। सोमबार राति भएको खेलमा रियल आफ्नो १३ औँ खेलमा पहिलो हार भोग्न बाध्य भयो।

रायो भालेकानोविरुद्ध भएको खेलमा रियल ३(२ ले पराजित भएको हो। भालेकानोले घरेलु मैदानमा रियलविरुद्ध पाँचौँ मिनेटमा सान्टि कमसानाले गोलमार्फत अग्रता लिएको थियो।

तर ३७ औँ मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गर्दै रियल म्याड्रिडलाई बराबरीमा ल्याए। तर खेलको ४१ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २(१ को अग्रता दिलाएका थिए।

४४ औँ मिनेटमा अल्भारो ग्रासियाले गोल गर्दै भालेकानोलाई २(२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ६७ औँ मिनेटमा ओस्कार ट्रेजोले गोल गर्दै भालेकानोलाई ३(२ को जित दिलाए। यस जितसँगै भालेकानोले १३ खेलमा २१ अंक जोडेको छ। भालेकानो आठौँ स्थानमा रहेको छ ।

हारसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।रियल १३ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको बार्सीलोनाको समान खेलबाट ३४ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस