धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
जिल्लाको साइपाल गाउँपालिका-३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन् । उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १९ : ३२
लेखकबाट थप