देशको संस्कृति र सभ्यता संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १८ : ५८
देशको संस्कृति र सभ्यता संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलको विकास गर्न जरुरी रहेको बताए।

उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताए। उनले मन्त्रालयले प्रकृति, संस्कृति र साहसिक खेललाई ध्यानमा राखेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताए।

उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोमा नेपालमै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए।उनले भने, ‘हाम्रो देशको सभ्यता, संस्कृति जुन छ, त्यसको संरक्षण, संवद्र्धन गर्ने काम हामीले गर्नुपर्छ। हाम्रो पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर हामीले हाम्रो देशको पर्यटनलाई विकास गर्नुपर्छ। त्यही अनुसार मैले मन्त्रालयको काम अघि बढाएको पनि छु। सांस्कृतिक, गीत, संगीत, सिनेमाहरूले पनि देशलाई चिनाउँछ। हामीले आफ्नै देशमा मौलिकताहरू झल्कने ठाउँको त्यसको उजागर गर्नुपर्छ।’

कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकका लागि मनोरञ्जन दिने सन्देशमूलक गीत रहेको बताए।

प्रतिक्रिया दिनुहोस