च्याम्पियन्स लिग ड्रः रियल म्याड्रिड र लिभरपुल तथा बायर्न र पिएसजी भिड्ने

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १८ : ५५
च्याम्पियन्स लिग ड्रः रियल म्याड्रिड र लिभरपुल तथा बायर्न र पिएसजी भिड्ने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरण अर्थात् राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

सार्वजनिक ड्र अनुसार साविक विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले राउण्ड अफ १६ मा इंग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्दी पाएको छ । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने भएका छन् ।

खेल-

म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग

बेन्फिका विरुद्ध क्लब ब्रुजा

रियल म्याड्रिड विरुद्ध लिभरपुल

टोटेनहम हट्सपर विरुद्ध एसी मिलान

नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट

चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड

एफसी पोर्टो विरुद्ध इन्टर मिलान

बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन

प्रतिक्रिया दिनुहोस