आम निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै आयात

पत्रपत्रिकाबाट

सोमबार, २१ कार्तिक २०७९, ०८ : ४१
आम निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै आयात

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् ।

आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
 

प्रतिक्रिया दिनुहोस