सीता दाहाल फेरि अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, ०७ : ४०
सीता दाहाल फेरि अस्पताल भर्ना

काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या आएको छ ।

उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।