एजेन्सी । अमेरिकाले शनिबार इरानले गरेको स्याटेलाइट रकेटको परीक्षण महत्वपूर्ण चिन्ताको विषय भएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले यो परीक्षणले आणविक हतियार प्रयोग गर्न सक्ने ब्यालिस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्नबाट इरानलाई प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको जनाएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले यो रकेटले दूरसञ्चार उपग्रहलाई पृथ्वीको सतहबाट करिब पाँच सय किलोमिटर टाढाको कक्षमा राख्ने बताएको छ ।इरान र पश्चिमाहरू बीचको आणविक सम्झौताको वार्ता तत्कालका लागि रोकिएको छ, ताकि इरानको आणविक गतिविधिहरू रोक्नको बदलामा इरानमाथि लगाइएका प्रतिबन्धहरू कम गर्न सकियोस्।
शनिबार इरानको रिभोलुसनरी गार्ड्सले स्याटेलाइट रकेटको परिक्षण गरेको थियो । इरानको सरकारी मिडियाले यो जानकारी दिएको हो । अमेरिकाले इरानको यो कदमलाई ‘अनावश्यक र अस्थिर’ भएको बताएको छ ।
अमेरिकाको विश्वास छ कि उपग्रहहरूलाई कक्षमा राख्न प्रयोग गरिने ब्यालिस्टिक प्रविधिलाई परमाणु हतियार प्रक्षेपण गर्न पनि प्रयोग गर्न सकिन्छ। तर, इरानले त्यस्तो कुनै नियत नभएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० कार्तिक २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान