अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमान्चक जित

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १८ : ५७
अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमान्चक जित

काठमाडौं । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले जित निकालेको छ । एडिलेटमा शुक्रबार भएको रोमान्चक खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।

अष्ट्रेलिया यो जितसँगै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । न्युजिल्यान्ड सुपर १२ बाट सेमिफाइनलमा पुगेको छ ।जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । अफगानिस्तानका राशिद खानले २३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे ।

गुलबदीन नाइबले २३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो ।अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिसले समान २५ रन बनाए । डेविड वार्नर २५ रनमा पेभेलियन फर्किए ।

अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । फजलहक फारुकीले २ विकेट लिए । अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ । अव शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी हुँदा अष्ट्रेलिया स्वत बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस