कोरोना अपडेट : थप ४९ जनामा संक्रमण, २३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १६ : १७
कोरोना अपडेट : थप ४९ जनामा संक्रमण, २३ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ३ सय ६३ जनाको पीसीआर र ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।