स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलकाे सम्मान

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १३ : १४
स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलकाे सम्मान

जुम्ला । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई एसिया इन्टरनेसनल बोर्डिङ स्कुल जुम्लाले  सम्मान गरेको छ । खेलाडीलाई उत्साहित र हौसला बढाउन सम्मान गरेकाे हाे । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुँदै गृह जिल्ला जुम्ला आइपुगेका बुढालाई खादा र अबिरले स्वागत तथा सम्मान गरिएको स्कुल सञ्चालक मनोज बुढाथोकी मगरले बताए । 

पोखरामा सञ्चालित राष्ट्रिय खेलकुदकाे तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम भएर स्वर्ण पदक जितेका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका समेत हुन् । बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस