कोरोना अपडेट : थप ५९ जनामा संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १८ : ३७
कोरोना अपडेट : थप ५९ जनामा संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६४२ जनामा गरिएको नमुना परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५५३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।