काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एक हप्ता विदा दिने भएकाे छ । त्रिविले जाडोको विदामा समायोजन गर्ने गरी चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको जनाएकाे छ ।
चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको शिक्षाध्यक्ष शिवलाल भुसालले जनाएका छन् ।
त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ । यसै बिदालाई समायाेजना गरी चुनावमा बिदा दिन लागेकाे शिक्षाध्यक्ष भुसालले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह