कोरोना अपडेट : थप २९ जनामा संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १५ : ५७
कोरोना अपडेट : थप २९ जनामा संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३४ जनामा गरिएको नमुना परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।