कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १५ : ४६
कोरोना अपडेट : थप ६ जनामा संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।