काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।
उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप