कोरोना अपडेट : थप २० जनामा संक्रमण पुष्टि, ३४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, १६ : ०७
कोरोना अपडेट : थप २० जनामा संक्रमण पुष्टि, ३४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ सय २९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जना र ८ सय ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ७०५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ५२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ९७९ पुगेका छन् ।