बालिका बलात्कारको अरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १६ : ०४
बालिका बलात्कारको अरोपमा युवक पक्राउ

वीरगञ्ज । बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल पक्राउ परेका हुन् ।

१५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।

 

प्रतिक्रिया दिनुहोस