चितवन ३ मा डा.भोजराज जिताउन युवाहरू सक्रिय

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १८ : ४१
चितवन ३ मा डा.भोजराज जिताउन युवाहरू सक्रिय

चितवन। विशेष अभियानमार्फत डा.भोजराज जिताउन भरतपुरका युवाहरू सक्रिय भएका छन् । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार युवा नै भएकोले पनि युवाहरू अभियानमार्फत क्रियाशील भएका हुन् । 

भरतपुर-६ गीतानगरमा बाम लोकतान्त्रिक गठबन्धनका युवाहरूले एकिकृत कार्यक्रम गरेरै अभियान अघि बढाउने बताएका छन् । गठबन्धनलाई विजय बनाए समृद्ध चितवनका लागि सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।

सोही चुनाव केन्द्रीकृत युवाहरूको सभालाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले अग्रगमनको पक्षमा उभिन अपिल गरेका छन् । युवा उमेरमा देखिने समस्या सम्बोधन आफू जनप्रतिनिधि हुनुपर्ने उनले बताए । 

जनताले खोजेको युवा भएकोले पनि युवाहरूको साथ र सहयोग रहने उनको अपेक्षा छ । आफूसँग विचार रहेको उल्लेख गर्दै डा। भोजराजले चिकित्सा सेवाबाट विस्तार हुन खोजेको बताए । युवाका लागि स्वास्थ र शिक्षाका एजेन्डा प्राथमिकतामा रहने उनको भनाई छ । डा.अधिकारीले विदेशिने शिक्षालाई विस्थापित गरि स्वदेशमै रहने नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस