कोरोना अपडेट : थप १६ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १५ : ४२
कोरोना अपडेट : थप १६ जनामा संक्रमण, ४४ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४ जना र ४ सय ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ६४८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ८२८ पुगेका छन् ।