वीरगञ्ज । पर्सा प्रहरीले जुवाको खालबाट चार जनालाई नगदसहित पक्राउ गरेको छ। प्रहरीले जुवाको खालबाट नगदसहित वीरगञ्ज–१७ बस्ने लक्ष्मी सहनी, अनिल प्रसाद साह, मुकेश गुप्ता र जाकिर मियाँलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुलाई वीरगञ्ज–१७ बाट नै पक्राउ गरेको हो। चारै जनालाई नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ