एक लेभलको चेञ्ज ल्याउन युवापुस्तालाई ल्याउनैपर्छ: कुन्ती पोख्रेल

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १४ : १९
एक लेभलको चेञ्ज ल्याउन युवापुस्तालाई ल्याउनैपर्छ: कुन्ती पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवापुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन्।

उनले मंगलबार राप्रपा काठमाडौँ क्षेत्र नंम्बर २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएकी हुन्।

उनले पार्टीगत नभनी दुई-दुईपटक सांसद्, मन्त्री भइसकेका बुबाआमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन्।पोखरेलले भनिन्, ‘अहिले विद्यालयहरू बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्। बेरोजगार युवा उत्पादन गर्ने, बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरूकाे बानी भइसक्यो।’

उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको पनि बताइन्।

सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिँदा युवाहरूले स्वदेशमै रोजगारी पाउने उनकाे भनाइ छ।देशमै व्यवसाय गर्न खोज्ने युवाहरूलाई सरकारले उचित वातावरण नदिएर विदेशिन बाध्य पारेको पोखरेलको आरोप छ।

साथै उनले भ्रष्ट राजनीतिलाई शुद्धीकरण गर्न, युवा विदेश पलायन रोक्नुका साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस