काठमाडौं । बंगलादेशले आइसिसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ रनले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो ।
जितको लागि १ सय ४५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २० ओभरमा १ सय ३५ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका लागि कोलिन एक्रिनमानले ४८ बलमा ६२ रन बनाए । पल भान मिक्रमले १४ बलमा २४ रन बनाए । कप्तान एडवार्डले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । हसन मोहम्मदले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।यसअघि ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
बंगलादेशका लागि आफिफ होसेनले ३८ रन बनाएका थिए । नजमुल होसेन शान्तोले २५ तथा मोसाडिक होसेनले अविजित २० रन बनाएका थिए । सौम्य सरकारले १४ तथा नुरुल हसनले १३ रन बनाएका थिए ।
नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले समान २/२ विकेट लिएका थिए । टिम प्रिनगिल, फ्रेड केलसन, शार्जिद अहमद र लोगन भान बिकले समान १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ कार्तिक २०७९, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला