काठमाडौं । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले यही कात्तिक ६ गतेदेखि लागू हुने गरी म्याद थप गरेको हो। अदालतले लामिछानेलाई हिरासतमा राख्नका अनुमति दिएको यो चौथो पटक हो।
प्रहरीले लामिछाने विरुद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ। तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन।
लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ। प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा