सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका-१ सारपानी खोरबारेमा आइतबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका-२ सिमखोलाकी ४२ वर्षीया निमकुमारी बुढा, सोही ठाउँकी २५ वर्षीया रिमाकुमारी बुढा, रोल्पा त्रिवेणी गाउँपालिका-४ सिमपानीकी २१ वर्षीया प्रगति घर्ती, २२ वर्षीया झरना घर्ती‚ ५४ वर्षीय बम घर्ती, ४६ वर्षीय रणवीर घर्ती, ५१ वर्षीय गंगाप्रसाद राना र सल्यान त्रिवेणी गाउँपालिका-२ सिमखोलाका ४८ वर्षीय खडकबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइते सबैलाई प्रादेशिक अस्पताल दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घाइतेमध्ये निमकुमारी, रिमा र प्रगतिको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको उनको भनाई छ।
उकालो चढ्ने क्रममा चढ्न नसकी ब्याक हुँदा जिप सडकबाट अन्दाजी ४५ मिटर तल खसेको छ। जिपमा १५ जना यात्रु सवार रहेका थिए। जिपचालक दाङ तुलसीपुर उपमहानगरपालिका-३ का प्रेमबहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना: एक जनाको मृत्यु, आठ घाइते
मादीमा जिप खस्दा मृत्यु भएका तीनै जनाको सनाखत
मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
ओखलढुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु
बैतडीमा जिप दुर्घटनाः दुईको मृत्युु चार घाइते