कोरोना अपडेट : थप ४१ जनामा संक्रमण, ५९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, १६ : २१
कोरोना अपडेट : थप ४१ जनामा संक्रमण, ५९ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ४५ जनाको पीसीआर र ८ सय ५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।