टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुवात

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, १३ : ३४
टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुवात

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । होबार्टमा भएको खेलमा श्रीलंकाले आयरल्यान्डलाई नौ विकेटले पराजित गरेको हो । 

आयरल्यान्डले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा एक विकेट गुमाएर १३३ रन बनायो ।श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१/३१ रन बनाए । 

आयरल्यान्डका ग्यारेथ डेलनीले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन जोडे भने पल स्टर्लिङले २५ बलमा ३४ रन बनाएका थिए ।

श्रीलंकाका वनिन्दु हसरंगा डी सिल्भा र महिस थिक्षणाले समान दुई दुई विकेट लिएका थिए । बिनुरा फर्नान्डो, लहिरु कुमारा र धनञ्जय डी सिल्भाले एक–एक विकेट लिएका थिए ।

जितसंगै दुई अंक जोडेको श्रीलंका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आयरल्यान्ड तालिकाको पाचौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस