काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्यो ‘झझी’ आदेश
सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ मा हुने
सन्दीप लामिछानेको मुद्दा दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी
सन्दीप लामिछानेलाई ८ वर्ष कैद